दसैंका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौं लगिदै, व्यासमा हेलिकोप्टरबाट खाद्यान्न पठाइदै

१ बर्ष अघि

२0७९ आश्विन ९ आईतवार

दसैंका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौं लगिदै, व्यासमा हेलिकोप्टरबाट खाद्यान्न पठाइदै

दार्चुला । यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा काठमाण्डौँ लगिदै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपियाँमा खरिद गर्न लागेको जनाएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।


कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैंअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको हो । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।