सरकारको आग्रह लत्याउदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

१ बर्ष अघि

२0७९ आश्विन ९ आईतवार

सरकारको आग्रह लत्याउदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आग्रहलाई लत्याउदै चिनियँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ ९जीएसआई० बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारीले बुधबार सुरु भएको बैठकमा भर्चुअल सहभागिता जनाएकी हुन्।

जीएसआई चीनको सुरक्षा रणनीति नया सुरक्षा अवधारणा हो। पछिल्लो समय संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अन्तर्गत विभिन्न समूह बनाएजस्तै चीनले पनि नया सुरक्षा अवधारणालाई अघि सार्दै जीएसआईको घोषणा गरेको हो। गत अप्रिल २१ मा चिनिया राष्ट्रपति सी जिनपिङले घोषणा गरेको यस कार्यक्रममा सहभागी हुन र सदस्य राष्ट्र बन्न चिनिया कम्युनिस्ट पार्टीले बारम्बार आग्रह गर्दै आएको भए पनि नेपालले अस्वीकार गर्दै आएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेकोले उक्त बैठकमा सहभागी हुन नसक्ने बताए पनि राष्ट्रपतिले भने बुधबार बैठकलाई सम्बोधन गरेकी हुन्। चिनिया कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।
शीतलनिवास स्रोतले भन्यो, ’राष्ट्रपतिले रेकर्डेड भिडियो सन्देश पठाएर बैठकमा सहभागिता जनाउनु भएको हो। उहाले आफनो सन्देशमा सुरक्षा संलग्नताका विषयमा कुनै कुरा उठाउनु भएको छैन। निसशस्त्रीकरण, अन्तर्राष्ट्रिय शान्ति र कुनै पनि सैन्य गठजोडको पक्षमा नेपाल नरहने कुरालाई जोड दिनुभएको छ।’

सरकारले मुख्यसचिवमार्फत राष्ट्रपतिलाई बैठकमा सहभागी नहुन सन्देश पठाएको थियो। तर, राष्ट्रपति कार्यालयका अधिकारीले परराष्ट्र मन्त्रालय सगको समन्वयमा नै सहभागी भएको दाबी गरेको छ।