नगरपालिकाको दमकल प्रयोगविहिन अवस्थामा, मूख्य समस्या बाटो

५ बर्ष अघि

२0७५ आश्विन १८ बिहीबार

नगरपालिकाको दमकल प्रयोगविहिन अवस्थामा, मूख्य समस्या बाटो

सुलोचना महता, असोज १८ दार्चुला । नगरपालिकासँग रहेको बारुण यन्त्र दमकलको उचित प्रयोग हुन सकेको छैन् । विषेशगरी आगलागि निन्त्रणका लागि प्रयोगमा ल्याइने उक्त यन्त्र जिल्ला सदरमुकाम क्षेत्रमा बाटोघाँटो नहुँदा प्रयोग विहिन जस्तै बनेको हो ।  सुख्खायाममा छिटफुट आगलागिका घटना दार्चुलामा पनि घटेका छन् । तर महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै बजार बाहेक अन्य विचबजार र बंगाबगड बजारमा दमकल जाने बाटो छैन् ।  २०७२ सालमा दार्चुलामा दमकल ल्याइएको हो ।  ५६ लाख रुपैँयामा खरिद गरिएको दमकलमा हाल अपरेटर पनि छैन् । अहिलेसम्म ३ जना अपरेटर फेरीएका छन् । हाल उक्त यन्त्र शसस्त्र प्रहरीको ग्यारेजमा राखिएको छ । 
मूख्यतया शहरी क्षेत्रमा अव्यवस्थित बसोबासका कारण पैदल हिड्न समेत मुस्किल हुने गरी घरहरु निर्माण गरिएका छन् । बाक्लो बस्तीभित्र त्यस्ता कुनै आगलागिका घटना भइहालेमा पनि दमकलको प्रयोग गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् । नगरपालिकाले शहरी क्षेत्रमा मोटरसाइकल जाने बाटो र नगरपालिकाको अन्य क्षेत्रमा ग्रामिण सडक निर्माण गर्न योजना बनाएको छ । तर हालसम्म सदरमुकाम खलंगा क्षेत्रमा सडक विस्तारको क्षेत्रमा खासै उपलब्धी हुन सकेको छैन ।