दार्चुलामा निःशुल्क आँखा शिविरमा ३ हजार बढीको आँखा परीक्षण, करिब ५ सयको शल्यक्रिया

१ बर्ष अघि

२0७९ आश्विन ४ मंगलवार

दार्चुलामा निःशुल्क आँखा शिविरमा ३ हजार बढीको आँखा परीक्षण, करिब ५ सयको शल्यक्रिया

दार्चुला ।  दार्चुलामा संचालित निःशुल्क आँखा शिविरमा तीन हजार बढीको आँखा परीक्षण गरिएको छ । जिल्लाका तीन पालिकामा ८ दिनसम्म सञ्चालन गरिएको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा तीन हजार ४३६ जनाको आँखा परीक्षण गरिएको हो । संवेदनशील अंगका रुपमा रहेको आँखामा विभिन्न खाले समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका झण्डै साढे तीन हजार सर्वसाधारण शिविरबाट लाभान्वित भएको आँखा शिविर संयोजक नरेन्द्र राज विष्टले जानकारी दिए ।

संयोजक विष्टका अनुसार शिविरमा ४ सय ४८ जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको छ । भदौ २५ गतेदेखि जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा संचालन गरिएको आँखा शिविरबाट १ हजार १३९ जनाको आँखा परीक्षण गरिनुका साथै १ सय ८८ जनाको शल्यक्रिया गरिएको छ । गोकुलेश्वरमा भदौ २५ देखि २७ गतेसम्म शिविर संचालन गरिएको थियो । यस्तै भदौ २९ र ३० गते मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीमा संचालन गरिएको शिविरबाट ८ सय ९३ जनाको आँखा परीक्षण गरिएको छ भने ७४ जनाको शल्यक्रिया गरिएको छ ।

असोज १ देखि ३ गतेसम्म जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकामा संचालन गरिएको शिविरबाट १ हजार ४०४ जनाले सेवा लिएका छन् । जसमा १ सय ८६ जनाको शल्यक्रिया गरिएको छ । गेटा आँखा अस्पतालका डा।स्मद अधिकारीको नेतृत्वमा १५ जनाको टोलीले जिल्लाका आँखा विरामीको उपचार तथा परीक्षण गरेको हो ।