दार्चुलामा क्षयरोग पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिनको नगरप्रमुख नरसिह चैसिरले गरे उद्धघाटन

१ बर्ष अघि

२0७९ आश्विन ४ मंगलवार

दार्चुलामा क्षयरोग पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिनको नगरप्रमुख नरसिह चैसिरले गरे उद्धघाटन

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन भित्रिएको छ । जिल्ला अस्पताल दार्चुलामा जिन एक्सपर्ट मेसिन भित्रिए संगै आज बाट सेवा सुचारु भएको छ । जिन एक्सपर्ट मेसिनको महाकाली नगरप्रमुख नरसिह चैसिरले उद्धघाटन गरेका हुन् । 

क्षयरोगका अति शंकास्पद र पिडीत बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्ने उद्येश्यले जिल्लामा पहिलो पटक मेसिन संचालनमा आएको हो ।  अहिले सम्म माइक्रोस्कोपी विधिबाट क्षयरोगको परीक्षण हुने गरेको थियो । माइक्रोस्कोपी विधिबाट गरिने परीक्षणपछि सतप्रतिशत क्षयरोगी बिरामी हो की होइने भनेर यकिन गर्न भने फेरि जिन एक्सपर्ट मेसिनकै प्रयोग हुने गर्थ्यो ।


जिन एक्सपर्ट मेसिन भित्रिएसंगै सम्भावित रोगीहरुमा क्षयरोग होकी होइन भनेर अन्तिम परीक्षण गर्न जिल्लावाहिर जानुपर्ने अन्त्य भएको जिल्ला अस्पताल दार्चुलाका ल्याव कर्मचारी दिपक विष्टले जानकारी दिनुभएको छ  ।  राष्ट्रिय क्षयरोग निवारण केन्द्रका टेक्नीसियन इश्वरी प्रसाद भुसालका अनुसार जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि रहेको बताउनुभयो । क्षयरोग शंका लागेका व्यक्तिहरुको माइक्रोस्कोपी विधिबाट परिक्षण गर्दा प्रति एक सय जनामा ५०÷६० जनामा मात्रै पत्तो लाग्ने गरकोमा जिन एक्सपर्ट मेसिनबाट परिक्षण गर्दा एक सयमा ९०÷९६ जनामा देखिने उहाँले बताउनुभयो 
खकार संकलन गरी मेसिनमा राखेको २ घण्टामै क्षयरोग भए नभएको पत्ता लगाउने उहाँले बताउनुभयो ।


जिन एक्सपर्टको सहायताले ‘माइक्रोबाक्टेरियम ट्युवरक्लोसिस’बाट हुने संक्रमण र उक्त संक्रमणका लागि प्रयोग गरिने सबभन्दा प्रभावकारी औषधि ‘रिफ्यामपिसिन’को प्रभावकारिता छ वा छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ ।  जिन एक्सपर्ट मेसिनमा परीक्षणका लागि आवश्यक पर्ने केमिकल सबै कार्टेज भित्रै राखिएको हुन्छ । यसले किटाणुको डिएनए जाँच गर्ने भएकाले यसलाई मोलिकुलर टेष्ट वा न्युक्लिक एसिड एमपिलिफिकेशन टेष्ट पनि भनिन्छ ।   जिन एक्सपर्ट मेसिन भित्र्याउनमा महाकाली नगरपालिकाले आर्थिक सहयोग गरेको  जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै महकाली नगरप्रमुख नरसिह चैसिरले भने जिल्ला अस्पताल दार्चुलाको भौतिक र आर्थिक व्यवस्थापनमा नगरपालिकाले गर्न सक्ने सहयोगमा सदैव तयार रहेको बताउनुभयो ।