सदरमुकाम क्षेत्रको कुरुप बजार, सुविधा थोरै समस्या हजार 

५ बर्ष अघि

२0७५ आश्विन १६ मंगलवार

सदरमुकाम क्षेत्रको कुरुप बजार, सुविधा थोरै समस्या हजार 

सुलोचना महता, असोज १६ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम क्षेत्रभित्रकै महाकाली नगरपालिकाको वडा नम्बर ४ मा रहेको बंङगाबगड बजार जिल्लाकै सबभन्दा कुरुप बजार बन्दै गएको छ । 
अव्यवस्थित बजारीकरणका कारणका उक्त क्षेत्र सुरुदेखिनै विभिन्न समस्याहरुको समाना गरिरहेको छ । बंगाबगड बजार दुँहुँ र मार्मा क्षेत्रको प्रदेशद्वारको बजार हो । यो बजारमा सबै किसिमका समस्याहरु धेरै पहिले देखि कामय नै छन् । 
बङगाबगड क्षेत्रमा अव्यवस्थित बसोवासले सडक बनाउन सम्भव नभएपनि पुरानो भएको सडक र्जिण अवस्थामा छ । जिर्ण सडकमा जथाभावी रुपमा खानेपानीका खुला पाइपहरुले गर्दा पैदल यात्रीहरुलाई आवतजावत गर्न समस्या भईरहेको स्थानीयले गुनासो गरेका छन् । 
ढल निकासको उचित व्यवस्थपन नहुँदा नालीको पानी बाटोमा आउने, र सडकको ठाउँ ठाउँमा खाल्टाखुल्टी रहेको स्थानिय मानमति ठगुन्नाले बताउनु भयो । 
बङगाबगड क्षेत्रमा मोटरसाइकल चल्न सक्ने किसिमको सडक छ । तर त्यस क्षेत्रमा दमकल, एम्बुलेन्स जस्ता अत्यावस्यक सवारी साधन चल्न नसकेपछि सधै यस क्षेत्रका स्थानीयले दुख पाईरहेका छन् । 
महाकाली नगरपालिकाले बंगाबगड बजार क्षेत्रको सडक विस्तारका लागि पहल गरिरहेको नगरपालिकाका उपप्रमुख सुना बोहराले बताउनु भयो ।
महाकाली नगरपालिका भित्रको सडक व्यवस्थापनको लाति तिनवटै तहको सरकारले पहल कदमी गरिरहेको उपमेयर बोहराको भनाई छ ।