सुदूरपश्चिममा सांसदका पीएका लागि ५ वर्षमा ८ करोड बढी खर्च

२ बर्ष अघि

२0७९ आश्विन २ आईतवार

सुदूरपश्चिममा सांसदका पीएका लागि ५ वर्षमा ८ करोड बढी खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। १६ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट निर्वाचित भएका हुन्। उनीहरु सबैको पाँच वर्षको कार्यकाल पूरा हुँदैछ। 


५ वर्षको अवधिमा उनीहरुका नीजि सचिव र नीजि सचिवायल व्यवस्थापनमा ठुलो रकम खर्च भएको देखिएको छ। पाँच वर्षमा नीजि सचिवको तलब तथा नीजि सचिवालय बन्दोबस्त शिर्षकमा प्रदेश सभाले ८ करोड बढी रकम खर्च गरेको हो। 

सुदूरपश्चिमका सभामुख अजुर्नबहादुर थापाको नीजि सचिवालय बन्दोबस्त शिर्षकमा पाँच वर्षमा एक लाख आठ हजार खर्च भएको छ। पाँच वर्षमा उनले नीजि तथा स्वकिय सचिवका लागि १८ लाख ६८ हजार ६ सय ४० रुपैयाँ बुझेका छन्। 


उप–सभामुख निर्मला वडाल जोशीको नीजि सचिवालय बन्दोबस्त शिर्षकमा कुनै रकम खर्च भएको छैन। तर उनको स्वकिय सचिवका लागि ९४ हजार पाँच सय रुपैया खर्च भएको छ। प्रदेश सभाको सचिवालयको तथ्यांकले प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले सचिवालय व्यवस्थापनमा ९४ हजार पाँच सय लिएको देखिएको छ। उनका नीजि सचिवले १४ लाख ६२ हजार २ सय रुपैयाँ बुझेका छन्। 


प्रदेश सभा सदस्य अर्चना गहतराजको सचिवालय व्यवस्थापनमा खर्च भएको छैन। नीजि सचिवको तलबका लागि भने १४ लाख ६२ हजार दुई सय खर्च भएको छ। प्रदेश सभा सदस्य अम्मरबहादुर साउँदका नीजि सचिवलाई पनि १४ लाख ६२ हजार २ सय रुपैयाँ दिइएको छ। उनलाई नीजि सचिवायल बन्दोबस्त शिर्षकमा रकम गएको छैन। 


प्रदेश सभा सदस्यहरु अम्वीकुमारी थापा, उमाकुमारी वादी, कर्णबहादुर मल्ल, कुन्ती जोशी, कुमारी नन्दा बम, कृष्णराज सुवेदी, गेल्बु सिँह बोहरा, डिल्लीराज पन्त, तारालामा तामाङ्ग, दिव्याश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल, देवराज पाठक, नन्दबहादुर साउँद, नेपालु चौधरी, प्रेम प्रकाश भट्ट, बलदेव रेग्मीका स्वकिय सचिवले जनही १४ लाख ६२ हजार दुई सय रुपैयाँ लिएका छन्। 

प्रदेश सभा सदस्यहरु बलबहादुर सोडारी, भरतबहादुर खड्का, महेशदत्त जोशी, मालामतीकुमारी राना, रतनबहादुर थापा, बलबहादुर सोडारी, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना,  सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरका स्वकिय सचिवले पनि पाँच वर्षमा जनही १४ लाख ६२ हजार दुई सयका दरले रकम बुझेका छन्। 

प्रदेश सभा सदस्य कुलवीर चौधरीका स्वकिय सचिवले १३ लाख ७१ हजार ६ सय, गोविन्द राज बोहराका स्वकिय सचिवले १३ लाख ७१ हजार ६ सय, चुनकुमारी चौधरीका स्वकिय सचिवले ११ लाख ९० हजार ४ सय, टेकबहादुर रैका आउजीका स्वकीय सचीवले १३ लाख ७१ हजार ६ सय, दीर्घबहादुर सोडारीका स्वकिय सचिवले ८ लाख ८८ हजार तीन सय, पठान सिँह बोहरा र पूर्णा जोशीका स्वकिय सचिवले ७ लाख आठ सय,  प्रकाश रावलका स्वकिय सचिवले ११ लाख १७ हजार ६ सय, मना कुमारी साउँदका स्वकिय सचिवले ११ लाख २३ हजार ८ सय, मानबहादुर धामी र मानबहादुर सुनारका स्वकिय सचिवले १० लाख ९९ हजार आठ सय भुक्तानी लिएका छन्। 

यस्तै माया तामाङ बोहराका स्वकिय सचिवले ११ लाख २३ हजार आठ सय, माया भट्टका स्वकिय सचिवले ७० हजार ८ सय ८० र लालबहादुर खड्काले ११ लाख २३ हजार आठ सय लिएका छन्। 

त्यसैगरी रणबहादुर रावलका स्वकिय सचिवले पाँच वर्षमा १७ लाख ५४ हजार ६ सय ७० रुपैयाँ लिएका छन्। उनको नीजि सचिवालय बन्दोबस्तका लागि ९४ हजार पाँच रुपैयाँ खर्च भएको छ। अन्य प्रदेश सभा सदस्यहरुको नीजि सचिवालय व्यवस्थापनका लागि भने रकम खर्च भएको छैन।