राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ विद्यालय छनोट

२ बर्ष अघि

२0७९ भाद्र ३१ शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ विद्यालय छनोट

दार्चुला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरुमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् । दार्चुलामा परेका ३९ विद्यालयमध्ये १८ वटा विद्यालयमा कम्प्युटर ल्याव र बाँकी २१ विद्यालयमा भवन निर्माण गरिने छन् । १२ विद्यालयमा ४ कोठे विद्यालय भवन र ९ विद्यालयमा दुई कोठे विद्यालय भवन निर्माण हुनेछ । 

कम्प्युटर ल्याबका लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार, चार कोठे भवनका लागि ५० लाख र दुई कोठे भवन निर्माणका लागि २५ लाख रुपियाँ रकम छुट्याइएको छ ।

महाकाली नगरपालिकाबाट सबैभन्दा बढी ७ वटा विद्यालय, नौगाड र मार्मा गाउँपालिकामा पाँच÷पाँच विद्यालय, लेकम, शैल्यशिखर, मालिकार्जुन, दुहुँ र अपिहिमालमा चार÷चार र व्यासका दुई विद्यालय छानिएका छन् ।