महाकाली नगरपालिका भित्र छिट्टै नगरबस सञ्चालन हुने  : नगरप्रमुख भट्ट

५ बर्ष अघि

२0७५ आश्विन १५ सोमबार

महाकाली नगरपालिका भित्र छिट्टै नगरबस सञ्चालन हुने  : नगरप्रमुख भट्ट

दिपकसिह धामी, असोज १५ दार्चुला । महाकाली नगरपालिका भित्र छिट्टै नगरबस सञ्चालन हुने भएको छ । महाकाली नगरपालिकाको सडक सञ्जाल भएको क्षेत्र भित्र नगरबस सञ्चालनमा ल्याईने भएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताएका छन् । २८ औँ जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस्तो बताएका हुन् । 
महाकाली नगरपालिका वडा नम्बर ४ र ५ को सयुक्त आयोजनामा भएको दिवस कार्यक्रममा प्रमुख अतिथी रहेका नगर प्रमुख हंसराज भट्टले जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अझै पनि खलंगा आउनु पर्ने बाध्यतालाई हटाउने र नगरबस सञ्चालनमा आएपछि जेष्ठ नागरिकहरुलाई यातायातमा सहुलित दिन विषेश पहलकदमी भईरहेको बताउनु भयो । “जेष्ठ नागरिक मानव अधिकार अभियान्ताहरुको अभिनन्दन गरौँ ” भन्ने मुल नाराका साथ दार्चुला जिल्ला सदमुकाम खलंगामा २८ औँ जेष्ठ नागरिक दिवस मनाईएको हो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप मिठाई र फलफुल वितरण गरिएको थियो । 

महाकाली नगरपालिका वाड नं. ४ र ५ का वडा अध्यक्ष पुष्कर राज जोशी र तोरण प्रसाद अवस्थीको सयुक्त अध्यक्षतामा गरिएको कार्यक्रममा  महाकाली नगरपालिकाका  प्रमुख हंस राज भट्ट प्रमुख अतिथि रहेका थिए भने निमित्त प्रशासकिय अधिकृत खेमराज देवकोटा अतिथि रहेका थिए । 
कार्यक्रम वडा नम्बर ५ का वडा सचिव राजेन्द्रसिह धामीले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा नगरपालिका भित्रका कर्मचारी, जेष्ठ नागरिक, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।