राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुला द्धारा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुला द्धारा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट

दार्चुला । दार्चुलामा राष्ट्रिय प्रजातन्त्र पार्टी द्धारा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरिएको छ । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिको बैठकले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाका अध्यक्ष इन्द्रा बोहराले बताउनु भयो ।  उहाँका अनुसार दार्चुलाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि सभा प्रत्यक्ष तर्फ नरेन्द्र सिह धामी ,प्रतिनिधि सभा समानुपाति तर्फ राजेश चन्द महिला खुल्ला तर्फ इन्द्रा बोहराको नाम छनोट गरि पठाइएको अध्यक्ष बोहराले जानकारी दिनु भयो ।

यस्तै प्रदेश सभा क्षेत्र नं क प्रत्यक्ष तर्फ आन सिह महर, प्रदेश सभा क्षेत्र नं क समानुपातिक तर्फ कष्ण बहादुर कुवर प्रदेश सभा क्षेत्र नं क समानुपातिक अपाङ्ग महिला तर्फ लक्ष्मी कार्की प्रदेश सभा क्षेत्र नं ख प्रत्यक्ष तर्फ विर सिह बोहरा प्रदेश सभा क्षेत्र नं क समानुपातिक तर्फ डम्मर बहादुर बम प्रदेश सभा क्षेत्र नं ख समानुपातिक महिला खुल्ला तर्फ जयन्ती चन्दको नाम छनोट गरि पठाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दार्चुलाले जनाएको छ ।