नेपाल आउने टिकट रद्द गरेर कहाँ गए सन्दीप लामिछाने

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

नेपाल आउने टिकट रद्द गरेर कहाँ गए  सन्दीप लामिछाने

काठमाडौंः नाबालिगमाथि जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन भएका छन्। लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको ७ दिन भइसकेको छ। गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

 
तर उनी उनी कहाँ छन् भन्नेबारे नेपाल प्रहरी र नेपाल क्रिकेट संघ ९क्यान०ले जानकारी नभएको बताइरहेका छन्। प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा औपचारिक÷अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ।


पक्राउ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी सम्पर्कमा आएका छैनन्। ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए।


उनी वेष्ट इन्डिजबाट फर्केर दुबईमा आइपुगेको हुनसक्ने प्रहरीको अनुमान छ। यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए। तर ,उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेका छन्। स्रोतका अनुसारउनले बुक गरेको टिकट रद्द गरेर पछाडिको मितिमा सारेको देखिएको छ। लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ।


सन्दीपले आफूमाथि लागेको आरोपबारे बोल्दै शुक्रबार सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्ने बताएका थिए। उनले अनुसन्धानलाई सहयोग गर्न आफूआवद्ध क्यारेबियन प्रिमियर लिग ९सीपीएल०बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका थिए।


सन्दीप गत शुक्रबार अन्तिम पटक क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको सम्पर्कमा आएका थिए। उनीबारे जानकारी नभएको नेपाल प्रहरीका  कार्यवाहक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप प्रहरीको सम्पर्कमा नरहेको बताए। 

काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई पक्राउ पूर्जी आदेश दिएको थियो। लामिछानेलाई अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ।  लामिछानेमाथि एक १७ वर्षीया नाबालिगलाई सिनामंगलस्थित होटलमा राखेर बलात्कार गरेको आरोप छ। २१ भदौमा नाबालिगले आफूलाई भदौ ५ मा बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।