नेपालकै कान्छा अन्तर्राष्ट्रिय खेलाडी प्रीन्स, जो बने एसियन च्याम्पीयन्स (फिचर सहित)

५ बर्ष अघि

२0७५ आश्विन १५ सोमबार

नेपालकै कान्छा  अन्तर्राष्ट्रिय  खेलाडी प्रीन्स,  जो बने एसियन च्याम्पीयन्स (फिचर सहित)


दृष्टीकोण समाचार, असोज १५ दार्चुला । दार्चुला जिल्लामा आमा राजु दाहाल र बुवा नारायण दाहालको कोखबाट २०६१ सालमा जन्मीनु भएका प्रीन्स दाहाल अहिले व्याटमिन्टीन प्रतियोगितामा अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । 

५÷६ बर्षको उमेरबाटै बुवा नारायण दाहालसँग व्याटमिन्टन खेल्न थालेका प्रीन्स अहिले १५ बर्षका छन् । 

सुरुमा कैलाली जिल्लामा भएको क्षेत्रीय व्याटमिन्टन प्रतियोगितामा खुल्ला प्रतिष्र्धाबाट औपचारिक खेल जिवन सुरु गरेका प्रन्सले पाँच बर्षको छोटो समयमै अन्तराष्ट्रिय उपाधी हासिल गरेपछि अहिले नेपालकै कान्छो व्याटमिन्टन खेलाडी, एसियाको च्याम्पीयन्स, तथा दुबईमा भर्खरै सम्पन्न दुबई जुनियर इन्टरनेशनल सिरिजको उपाधि उचालेका छन् ।


यो भन्दा पहिले प्रीन्सले सातौँ बृहत राष्ट्रिय व्याटमिन्टन प्रतियोगिताबाट राष्ट्रिय स्तरको खेल खेलेका थिए । झापामा सम्पन्न खेलमा प्रीन्सको सहभागिता मात्रै रहेको थियो । राष्ट्रिय प्रतियोगिता लगत्तै २०७३ सालमा सुरुमा भारतको पुनाबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । 


हालसम्म प्रीन्स दाहालले पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । दुई पटक भारतमा, एक पटक नेपालमा, एकपटक म्यानमार र एक पटक दुबईमा गरी पाँचौ पटक उपाधी हात पारेका हुन् । 
दार्चुलामा रहेको एसियन एकेडेमीमा प्रारम्भिक शिक्षा सुरु गरेका प्रीन्स अहिले कक्षा आठमा अध्ययनरत छन् । चार कक्षाको पढाई दार्चुलाबाट र बाँकी पढाई काठमाण्डौँका साँगामा रहेको पुलिस बोर्डिङ स्कुलबाट अध्ययन गरिरहेका छन् ।


छोरालाई व्याटमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाउने लक्ष्य थियो त्यो पूरा भएको छ, बुवा नारायण दाहालले भने । साथै आमा राजु दाहाल, बुवा नारायण दाहाल र मामा कमलेश निरौलाको भरभुर सहयोगमा प्रीन्सले खेल क्षेत्रमा दार्चुलाको नाम नेपालमा र नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न सफल भएका छन् ।


हाल प्रीन्स रमेश शेर्पाको स्पन्सरमा व्याटमिन्टन खेलीरहेका छन् । रमेश शेर्पाले प्रीन्सलाई विभिन्न किसिमको लगानी देखि खेल प्रशिक्षण समेत गरिरहेको बुवा नारायण दाहालको भनाई छ । 


१५ बर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्ने प्रीन्स दाहाल सोमबार मात्रै दुबई बाट नेपाल फर्र्किएका छन् । उनको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भव्य स्वागत गरिएको छ ।