करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।  मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।  जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महशुस हुन थालेको उनले बताए । प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ रु भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।  प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन् हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे ।  आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भूल्न नहुने प्रचण्डको भनाइ छ । उनले युद्धमा सहभागीहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे ।