माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार भेटमा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।