जसपा दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

२ बर्ष अघि

२0७९ भाद्र २८ मंगलवार

जसपा दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

दार्चुला ।  जनता समाजवादी पार्टी नेपालले दार्चुलाबाट उम्मेदवार सिफारिस गरेकोछ । सोमबार जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस गरेको हो । जसपा दार्चुलाले प्रतिनिधि सभामा कृष्णसिंह महरको एकल उम्मेदवारी सिफारिस गरेको छ भने समानुपातिक तर्फ जनक बहादुर कुँवरको एकल नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा ‘क’ तर्फको प्रत्यक्ष उम्मेदवारमा नारद प्रसाद भट्टको एकल नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सुन्दरसिंह खत्रीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’को लागि भने कुनैपनि उम्मेदवारको नाम सिफारिस भएको छैन । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।