६ बुँदे मागसहित डा। केसीको २०औँ सत्याग्रह धनगढीमा सुरु

२ बर्ष अघि

२0७९ भाद्र २८ मंगलवार

६ बुँदे मागसहित डा। केसीको २०औँ सत्याग्रह धनगढीमा सुरु

धनगडी । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले २०औँ सत्याग्रह सुरु गरेका छन् । सोमबार केसीकैलालीको धनगढी पुगेका चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ६ बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् ।

डा। केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको भदौ २८ अल्मिेटम दिएका थिए । देउवाले समय मागेर आजसम्म झुलाएको तर अहिले बेवास्ता गरेकाले २०औँ सत्याग्रह सुरु गरेको बताए ।
डा। केसीका मागः

१० स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
२० जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।

३० संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।

४० सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् ।

५० स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

६० देशभर दिगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् ।