बाढीपहिरो प्रभावितलाई वाइसियलको राहत सामग्री सहित एक लाख सहयोग हस्तान्तरण

२ बर्ष अघि

२0७९ भाद्र २८ मंगलवार

बाढीपहिरो प्रभावितलाई वाइसियलको राहत सामग्री सहित एक लाख सहयोग हस्तान्तरण

दार्चुला । दार्चुलाका बाढीपहिरो पीडितलाई वाइसियलले राहत सामाग्री सहित एक लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेकपा माओवादी केन्द्र को भातृसंगठन योंग कम्युनिष्ट लिग वाइसियल नेपालले दार्चुलाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण गरेको हो ।

बाढीग्रस्त स्थानका पीडितहरुलाई आवश्यक राहत सामग्री प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको वाइसियलका जिल्ला इन्चार्ज नरबहादुर बिष्टले जानकारी दिनुभयो । प्रजिअ उपाध्यायलाई १३ थान टेन्ट, १०० थान कम्बल, २० वटा बाल्टिन, पिफर्म कार्पेट १ वण्डल सहित नगद एक लाख रुपैयाको चेक हस्तान्तरण गरिएको वाईसिएल नेपाल केन्द्रीय सचिव शिव बोगटीले बताउनुभयो ।


भदौ २४ गते राति परेको अविरल वर्षाबाट महाकाली नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा भएको मानविय तथा भौतिक क्षति प्रति हाम्रो संगठन असाध्यै चिन्तित छ, वाइसियलका जिल्ला संयोजक सुरेन्द्र बमले भन्नुभयो, बाढीबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।