कर्मचारी मिलनकेन्द्रका अध्यक्षको स्वागत, जिल्ला बन अधिकारी तीवारीको बिदाई

५ बर्ष अघि

२0७५ आश्विन १५ सोमबार

कर्मचारी मिलनकेन्द्रका अध्यक्षको स्वागत, जिल्ला बन अधिकारी तीवारीको बिदाई

दृष्टीकोण समाचार, असोज १५ दार्चुला । कर्मचारी मिलन केन्द्र दार्चुलामा जिल्ला समन्वय अधिकारी कमल थापाले औचारिक रुपमा आजबाट अध्यक्षता ग्रहण गर्नु भएको छ । दार्चुला जिल्ला समन्वय समितिमा समन्वय अधिकारीको रुपमा हालसालै दार्चुला आईपुगेका थापाले आजबाट कर्मचारी मिलन केन्द्रको जिम्मेवारी सम्हालेका हुन् । आजै वहाँको स्वागत पनि गरिएको छ । यसैबीच डिभिजन बन कार्यालय दार्चुलाका बन अधिकृत संजय तिवारीको आज विदाई गरिएको छ । 
संघिय सरकार अन्तरगत बन मन्त्रालयमा सरुवा भएका तिवारीको कर्मचारी मिलन केन्द्र दार्चुलाले सरुवा गरेको हो । २०७३ साल बैशाखबाट दार्चुलामा जिल्ला बन अधिकृतको रुपमा रहेका तिवारी अढाइ बर्षको अवधीमा दार्चुलामा बन तथा बन्यजन्तुको क्षेत्रमा काम गरेका थिए । 
जिल्ला बस्दा सक्दो राम्रो काम गरेको र दार्चुलाको बसाइ सुखद रहेको तिवारीको प्रतिक्रिया छ । यस्तै कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले कर्मचारीले जनताको सेवा गर्ने क्रममा देशको जुनसुकै ठाउँमा जानुपर्ने भन्दै विदाईको क्षण दुखद भएपनि अन्ततः त्यो सेवा र धेरै ठाउँको अनुभव लिँदा सुखमय नै हुने बताएका छन् ।