गोकुलेश्वरमा आखा शिविरको पहिलो दिनमै ४५५ जनाले सेवा पाए, ५५ जनाको शल्यक्रिया

२ बर्ष अघि

२0७९ भाद्र २५ शनिबार

गोकुलेश्वरमा आखा शिविरको पहिलो दिनमै ४५५ जनाले सेवा पाए, ५५ जनाको शल्यक्रिया

दार्चुला । दार्चुलाको गोकुलेश्वर माबिमा आज शनिबार देखि आखा शिविर सञ्चालन भएको छ । शिविरमा सेवा दिनका लागि इस्मत अधिकारी नेतृत्वमा १५ जनाको टोली दार्चुलामा छ । नेपाल नेत्रज्योति संघ, गेटा आखा अस्पतालले शैल्यशिखरको गोकुलेश्वरसहित दार्चुलाका तीन पालिकामा आखा शिविर संञ्चालन गरिरहेको छ ।

गोकुलेश्वरमा शिविरको पहिलो दिनमै ४५५ जनाले सेवा पाएको शिविर संयोजक नरेन्द्र बिष्टले जानकारी दिनुभयो । पहिलो दिन २०१ महिला र २५४ पुरुषले सेवा पाएका छन् । पहिलो दिन २५ महिला र ३० जना पुरुष गरी ५५ जनाको आखाको शल्यक्रिया गरिएको संयोजक बिष्टले बताउनुभयो । भोलि विहान ८ बजेदेखि शिविर सुरु हुनेछ । उहाँका अनुसार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको सहकार्यमा गोकुलेश्वर, पस्ती र खलंगामा आखा शिविर संञ्चालन भइरहेको हो। गोकुलेश्वर माबिमा आज भदौ २५ गतेदेखि २७ गतेसम्म शिविर सञ्चालन हुनेछ भने मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि पस्तीमा भदौ २९ र ३० गते तथा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगामा असोज १ देखि ३ गते सम्म शिविर संञ्चालन हुने उहाँले बताउनुभयो ।


आखा शिविरमा मोतिविन्दु लगायतका आखा सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया तथा औषधि उपचार गरिने, चश्माको आवश्यकता भएका विरामीलाई सुपथ मुल्यमा चश्मा उपलब्ध गरिने उहाँको भनाई छ । शिविरमा सहभागि भइ सेवाको मौका लिनुहुन आखाका रोगीहरुलाई आयोजनले अनुरोध गरेको छ ।