दार्चुलामा बाढी पहिरोमा परि १ को मृत्यु ८ बेपत्ता, २३ घर बगे

२ बर्ष अघि

२0७९ भाद्र २५ शनिबार

दार्चुलामा बाढी पहिरोमा परि १ को मृत्यु ८ बेपत्ता, २३ घर बगे

दार्चुला । अविरल वर्षाका कारण आएको बाढि र पहिरोले दार्चुलामा एक जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएका छन् ।
गएरातिको वर्षाले महाकाली नदि र लास्कु खोलामा बाढी आएको हो । बाढिले दार्चुला सदरमुकाम स्थितको बाङ्गाबगरका १० घर, लास्कुका २ घर र डुङरीका १० घर बगाएको छ । बेपत्ता हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीका ५२ वर्षिय धन सिह कार्की, ४५ वर्षिया श्रीमति मानमती कार्की, उनकै जेठो छोरा १८ वर्षिय दिपक कार्की, कान्छो छोरा १० वर्षिय दिनेश कार्की रहेका छन् । वडा नम्बर १ लास्कुका ४० वर्षिय सरश्वती देवि लोहार उनका श्रीमान वर्ष ४५ का मोहनराम लोहार पनि बेपत्ता भएका छन् । यस्तै जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा गएको पहिरोले १३ वर्षिय मदे ठगुन्नाको मृत्यु भएको छ भने सोही ठाउँका ३० वर्षिया किमडी ठगुन्ना बेपत्ता भएका छन । सोही पालिकाको वडा नम्बर १ दल्लेखका मोहन राम पार्की पनि बेपत्ता भएका छन् ।
बाढीले दार्चुलामा १ मोटरेवल पुल, पक्की ४ वटा पुल २ झोलुङ्गे पुल बगाएको छ । बाढिको जोखिममा रहेका घरधनीहरुले सरसमान सुरक्षित स्थानमा सारिरहेका छन ।