दार्चुलामा भाद्र २८ गते देखि फाइजर खोपको दोस्रो मात्रा लगाइने

२ बर्ष अघि

२0७९ भाद्र २४ शुक्रबार

दार्चुलामा भाद्र २८ गते देखि  फाइजर खोपको दोस्रो मात्रा लगाइने

दार्चुला । दार्चुलामा भाद्र २८ गते देखि फाईजर खोपको दास्रो मात्रा लगाईने भएको छ ।  स्वास्थ्य कार्यालय दार्चुलाले यही भाद्र २८ देखि आगामी असोज १ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति दार्चुलाको विहिबार आज बसेको बैठकको निर्णय अनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउने निर्णय गरेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवम खोप समन्वय समिति संयोजक दिर्घराज उपाध्यायको अध्यक्षतामा बसेको  बैठकले भाद्र २८ गते देखि असोज १ गते सम्म फाइजर खोपको दोस्रो मात्रा लगाउने निर्णय भएको छ । यहि भाद्र ६ गते देखि १० गते सम्म संञ्चालन गरिएको फाइजर खोप अभियानको पहिला मात्रा लगाएका बालबालिकाहरुलाइ दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र भट्टले बताउनु भयो ।


 बैठकमा  खोप लगाउन लक्षित समूहका बालबालिकाहरुलाई ५ देखि ११ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने उहाँले बताउनु भयो । खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
 दार्चुलामा १७ हजार भन्दा बढि बालबालिकाहरुलाई फाइजर खोप दिइएको छ । यहि भाद्र ६ गते देखि १० गते सम्म संञ्चालन गरिएको उक्त खोप अभियानबाट जिल्लाका झण्डै १७ हजार १ सय ३९ जना बालबालिकाहरुलाई फाइजर खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । फाइजर खोपको दोस्रो मात्रा लगाउने खोप अभियान जिल्लाभरी ४ सय २९ वटा खोप केन्द्रबाटै सुरु गरिने बताइएको छ ।

खोप अभियानका लागि १८० जना स्वास्थ्यकर्मी परिचालन गरिने बताइएको छ ।  कोरोना विरुद्धको खोप लगाएकाहरुमा कोरोना संक्रमण भएपनि जटीलता नदेखिएकाले कोरोना विरुद्धको खोप लगाउन छुट भएकाहरुलाई अझै पनि खोप लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिँदै आएका छन् । फाइजर खोपको पहिलो मात्रा लगाउनेको संख्या ९७ प्रतिशत पुगेको छ । जिल्लामा कबिर दुई वर्ष देखि बेला बेला खोप कार्यक्रम संञ्चालन भइरहेको छ । हाल सम्म दार्चुला जिल्लामा पुर्ण खोप लगाउनेको संख्या ९७ हजार पुगेको छ ।