निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित समितिका सदस्य केसीमाथि आक्रमण

५ बर्ष अघि

२0७५ आश्विन १४ आईतवार

निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित समितिका सदस्य केसीमाथि आक्रमण

 

दृष्टीकाेण समाचार असोज, १४ कञ्चनपुर  । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतबार धनगढी फर्केका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवारी गाडीमा आक्रमण भएको हो । सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा १ झ ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा  आक्रमण भएको हो । गाडीको पछाडीको पुरै सिसा फुटेको छ र ढुङ्गा भित्र नपसे पनि सिसाका कारण सामान्य चोट लागेकाे पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य तथा उपसचिव केसीले बताउनु भएकाे छ ।