जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले दिए गठबन्धन लाई धम्की

२ बर्ष अघि

२0७९ भाद्र २४ शुक्रबार

जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले दिए गठबन्धन लाई धम्की

पर्सा– जनता समाजवादी पार्टी नेपाल जसपा का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँड नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् ।

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको बिहीबार वीरगन्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँड नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने बताए ।

उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए।

सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँडको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।