नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने रास्ट्रपति भण्डारीको तयारीले राजनीतिक तरङ

२ बर्ष अघि

२0७९ भाद्र २४ शुक्रबार

नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने रास्ट्रपति भण्डारीको तयारीले राजनीतिक तरङ

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्न ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए । यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ । राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए । पाँच दलीय गठबन्धनले राष्ट्रपति नेकपा एमालेको इसारामा चलेको आरोप लगाएका थिए । उनी फेरी राजनीतिमा सक्रिय हुन चाहेको निष्कर्ष निकाल्दै नेकपा एमालेमा केपी ओली पछि कुनै प्रभावशाली नेता नरहेको भन्दै राष्ट्रपतिलाई सक्रिय बनाउन थालेको पाँच दलीय गठबन्धनको आरोप थियो । यता, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले समेत नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनलाई समर्थन जनाएपछि नेकपा एमाले संग दुरी बढेको छ ।

जसपाका नेताहरु विधेयक प्रमाणीकरणकालागि गरे आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले दिएको सुझाव प्रतिनिधिसभाले नमानेको गुनासो गरेकी छिन् । नागरिकता विधेयकलगायत अन्य समसामयिक विषयमा बिहीबार जनता समाजवादी पार्टी नेपाल ९जसपा० का नेताहरुसँग शीतल निवासमा छलफल गर्ने क्रममा उनले सो गुनासो गरेकी हुन् । राष्ट्रपतिले यस भन्दा पहिला लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेताहरु संगको भेटमा पनि यस्ता गुनासो गरेकी थिइन् । नागरिकता जस्तो संवेदनशील विषयमा आफूले प्रतिनिधिसभालाई सुझाव पठाएको तर त्यसलाई पन्छाएर जस्ताको त्यस्तै विधेयक पारित गरेको राष्ट्रपतिको गुनासो थियो । नागरिकता जस्तो संवेदनशिल विषयमा संसद तथा पार्टीहरुले हतार गर्न नहुने उनको धारणा थियो । विधेयक प्रमाणीकरणको विषयमा आफूले विज्ञ तथा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको धारणा राख्दै उनले केही दिनमै त्यसको बारेमा कुनै निष्कर्षमा पुग्ने बताइन् । त्यसको जवाफमा जसपाका नेताहरुले नागरिकताको समस्या एउटा कुनै समुदाय तथा क्षेत्र विशेषको मात्र नभएर देशैभरिको समस्या रहेको भनेका थिए । नागरिकताको समस्या समाधान नहुँदा देशकै थुप्रै युवा अनागरिक भएको धारणा जसपाका नेताहरुले राखेका थिए । नागरिकता नहुँदा पढाई लेखाइदेखि लिएर रोजगारलगायत अन्य धेरै कुरामा असर परेको हुनाले त्यस विधेयकलाई प्रमाणीकरण गरी नागरिकता प्राप्तिलाई सहज बनाइदिन नेताहरुले आग्रह गरेका थिए । जतिदिन यसलाई अल्झाएर राखे त्यति नै विवाद बढ्दै जाने भएकाले दुवै सदनले पारित गरेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न आफूहरुले आग्रह गरेको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।