चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र,

२ बर्ष अघि

२0७९ भाद्र २३ बिहीबार

चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र,

काठमाडौं । चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरु अलपत्र परेका छन्। दसैं तिहारका लागि ल्याइएका सामानहरु उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरु संकटमा पुगेका हुन्।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रुपमा सीमा नाका बन्द गरेको गर्‍यै छ।

चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री डा। नारायण खड्काले २५ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल(चीन सीमा नाकालाई पूर्णरुपमा सञ्‍चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो।

परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुदुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा(केरुङ तथा तातोपानी(झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा(पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।ु

चीनको वुहानमा सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएको पनि तीन वर्ष हुनै लागेको छ। तर, कोरोना महामारी पूर्ण रुपमा नियन्त्रणमा आउने अनिश्‍चित छ। त्यसकारण कोरोना महामारी नियन्त्रणमा आएपछि मात्रै नाका खोल्‍ने कुरा न्यायसंगत नभएको व्यवसायीले बताइरहेका छन्।

नेपाल हिमालपार वाणिज्य महासंघका सचिव रामचन्द्र पराजुलीले व्यवसायी सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न पनि तयार रहेको तर, सरकारले नेपालमा सामान आयात हुने वातावरण मिलाइदिनुपर्ने बताए। उनले भने, ुहामी विश्‍व स्वास्थ्य संगठनले तोकेका सम्पूर्ण मापदण्ड पालना गर्न तयार छौं। तर, चिनियाँ क्षेत्रमा अलपत्र परेका सामान आयात हुने प्रबन्ध मिलाइदिनुपर्‍यो। एकातिर कोरोना महामारीले आन्तरिक व्यापार समस्यामा छ भने अर्कोतर्फ चिनियाँ नाकाबन्दीले समस्या सिर्जना गरेको छ।

हाम्रो अवस्था निकै नाजुक भइसक्यो।ु चीनले भन्सार जाँचपास भएका कन्टेनर विगतमा कहिल्यै नरोकेको बताउँदै भने, ुविगतमा भन्सार जाँचपास भइसकेपछि कहिल्यै पनि रोकेको थिएन। तर, यसपटक भने भन्सार जाँचपास भएर पनि १६ वटा कन्टेनर चिनियाँ पक्षले सीमा नाकामा नै रोकेको छ।ु

व्यवसायीहरुले चिनियाँ राजदूतलाई बोलाएर भए पनि यस विषयमा स्पष्टिकरण सोध्‍ने र दसैंका लागि ल्याइएका सामानहरु चाँडो छोड्नका लागि पहल गर्नुपर्दछ।