व्याँस गाउँपालिकाका झण्डै अढाई सय घर खर छानो मुक्त 

५ बर्ष अघि

२0७५ आश्विन ११ बिहीबार

व्याँस गाउँपालिकाका झण्डै अढाई सय घर खर छानो मुक्त 

ललित सिह सामन्त, असोज ११ दार्चूला । व्याँस गाउँपालिकाले गाउँपालिका भित्र रहेका २ सय ३9 घरधुरीलाई खरछानो मुक्त गरेको छ । व्याँस गाउँपालिकामा अधिकाँश स्थानीयको घरका छानो खरले छाएको हँुदा गतबर्षबाट व्याँस गाउँपालिले खरछानो मुक्त कार्यक्रम लागु गरेको हो । 
यसै कार्यक्रम अन्तरगत गत आर्थिक बर्ष र यो आर्थिक बर्ष गरी स्थानीयलाई गाउँपालिकाले जस्तापाता वितरण गरेको हो । विहिबार दार्चुला सदरमुकाम खलंगामा एक कार्यक्रम आयोजना गरी स्थानीयहरुलाई जस्ता पाता वितररण गरिएका हुन् ।
स्थानीयको आस्यकताका आधारमा कम्तीमा १० देखि बढी जस्ता पाता वितरण गरिएका छन् । व्याँस गाउँपालिकाको कार्यक्रम भएपनि व्याँस गाउँपालिका सम्म बाटोघाँटो नहुँदा जस्ता पाता सदरमुकाम खलंगामै वितरण गरिएका छन् । 
व्याँस गाउँपालिकाले गत आर्थिक बर्षको योजना कार्यक्रम अन्तरगत एक करोड बढी बजेट खरछानो मुक्त कार्यक्रममा विनियोजन गरेको थियो । टेण्डर मार्फत जस्ता पाता खरिद गरी स्थानीयलाई खलंगाबाटै वितरण गरिएका हुन् ।
व्याँसका स्थानीयलाई वितरण गरिएका जस्तापाताहरु भरतको बाटो भएर ढुवानी गर्नका  लागि  भारतीय पक्षसँग छलफल  गरिएको व्याँस गाउँपालिकाका प्रबक्ता धिरेन्द्रसिह बुढाथोकीले जानकारी दिनुभयो ।
व्यास गाउपालीका अध्यक्ष दिलिप सिह बुढाथोकीको अध्यक्षतामा भएको जस्तापाता  वितरणा कार्यक्रममा महाकाली नगरपालीकाका नगर प्रमुख हंस राज भट्टको प्रमुख आथित्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको विष्शिट आथित्यता  रहेको थियो ।