दार्चुलामा ५ वर्षीया बालिकाको डेंगुबाट मृत्यु

२ बर्ष अघि

२0७९ भाद्र २३ बिहीबार

दार्चुलामा ५ वर्षीया बालिकाको डेंगुबाट मृत्यु

दार्चुला । दार्चुलामा ५ वर्षीया बालिकाको डेगुबाट मृत्यु भएको छ । विहिबार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ की ५ वर्षीया उषा धामीको डेंगुका कारण मृत्यु भएको हो ।

बालिका २१ गते दिउसो तिर शंकरपुर स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन्। यसअघि उनी भाद्र २० गते जिल्ला अस्पताल दार्चुलामा समेत उपचारका लागि भर्ना भएको शंकरपुर स्वास्थ्य चौकीका मेडिकल अधिकृत निराजन बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल दार्चुलामा उनमा डेङ्गु र स्क्रब टाइफस सक्रमण देखिएको बताइएको छ । अस्पतालका डाक्टरहरुले बालिकामा डेङ्गु र स्क्रब टाइफस देखिएपछि अस्पतालमै भर्ना गरेर उपचार गराउन आग्रह गरेपनि उनको अभिभावकले नमानेपछि घर गएको बुझिएको छ ।

आफन्तहरुले अन्य ठुलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज विहान ५ बजेतिर उनको ज्यान गएको बताइएको छ ।पछिल्लो समय दार्चुलामा डेंगुको प्रकोप फैलिएको छ।