निजामति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत ः माेहन भट्ट पुरस्कृत

२ बर्ष अघि

२0७९ भाद्र २२ बुधबार

निजामति सेवा दिवसका अवसरमा  जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत  ः माेहन भट्ट पुरस्कृत

दार्चुला । निजामति सेवा दिवसका अवसरमा  जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत   माेहन भट्ट पुरस्कृत  हुनु भएकाे छ ।  दार्चुलामा १९ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । निजामति दिवसको अवसरमा बुधबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा सहित प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सम्मान गरेका थिए । त्यसैगरी कार्यालयमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ ।ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील तथा उत्तरदायी भई निःस्वार्थभावले अनवरत रूपमा सेवा प्रवाह गरी सेवाग्राहीलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत कम्प्युटर अप्रेटर मोहन भट्टलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले सम्मान गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा विगत २०७२ देखि कुशलतापूर्वक एवं प्रभावकारी रुपमा आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्दै सेवाप्रवाहको उच्च मुल्याङ्कन गर्दै नगद रु.पाँच हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरिएको छ । निजामति दिवसको अवसरमा प्रशासनले निजामती सेवा समारोह दार्चुलाकोे आयोजनामा जिल्ला अस्पताल दार्चुलामा रहेका १५ जना विरामीहरुलाई फलफुल विरतण गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट अस्पताल सम्म प्रभात फेरी गरेर दिवस मनाइएको हो । पुरस्कार विरतण गरेपछि जिल्ला भित्रका अन्य कर्मचारीहरुमा समेत थप उर्जा लगनसिलता प्राप्त हुने भएकाले आज एकजना कर्मचारीलाइ पुरस्कार दिइएको प्रशासनले जनाएको छ । कार्यालयमा अनुशासित भएर उत्कृष्ट काम गर्ने कम्प्युटर अबरेटर मोहन भट्टलाई  प्रशासनले  सम्मान गरेको  उनले  बताए । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।