निजामती सेवा दिवसको अवसरमा महाकाली नगरपालिकाका ७ जना कर्मचारी सम्मानित

२ बर्ष अघि

२0७९ भाद्र २२ बुधबार

निजामती सेवा दिवसको अवसरमा महाकाली नगरपालिकाका ७ जना कर्मचारी सम्मानित

दार्चुला । निजामती सेवा दिवसको अवसरमा महाकाली नगरपालिकाकाले ७ जना कर्मचारीलाई सम्मानित गरेको छ । महाकाली नगरपालिकाले दिवसको अवसरमा वर्षभरी जनसेवामा खटिने सबै कर्मचारीलाई धन्यवाद तथा बधाई दिएको छ । दिवसको अवसरमा ७ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने निर्र्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनु भयो । उहाँका अनुसार सम्मानीत हुनेमा योजना अधिकृत युवराज जोशी, एमआइएस अपरेटर धन राज भट्ट, अहेव हरीकृष्ण जोशी, वडा सचिव दीपक प्रसाद अवस्थी, नगरबस चालक भूपाल सिंह धामी, कार्यालय सहयोगी दिपेन्द्र सिंह कँुवर र कुचिकार लालमती कुमारीलाई सम्मानित गर्ने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले जानकारी दिनुुभयो । साथै नगरपालिकाले आजदेखि सेवाग्राहीलाई कर्मचारीले आफैबाट नमस्कार गर्ने अभियानको शुभारम्भ गरेको छ । यसैबीच निजामती सेवा दिवसको अवसरमा भन्सार कार्यालय दार्चुलाले दुई जना व्यापारीलाई सम्मानित गरेको छ । भन्सार राजस्व रकम इमान्दारीताका साथ बुझाउने उनीहरुलाई सम्मानित गरिएको हो । जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ मा व्यवसाय संचालन गरी व्यापार गरिरहेका कृषि बजारका संचालक दिलेन्द्र प्रसाद बडू र जगदीश किराना पसलका संचालक बिमला घर्तीलाई सम्मानित गरिएको भन्सार कार्यालय दार्चुलाका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । उनीहरुलाई एक कार्यक्रमका बीच खादा र अबिर लगाएर सम्मानित गरिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।