पाँच जिल्लाबाट सिफारिस भएका यादव आफैं असुरक्षित

२ बर्ष अघि

२0७९ भाद्र २२ बुधबार

पाँच जिल्लाबाट सिफारिस भएका  यादव आफैं असुरक्षित

काठमाडौं । यतिबेला प्रमुख दलका शीर्ष नेताहरू धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ ।

संविधानमा प्रतिनिधिसभा निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न नपाउने व्यवस्था छ । तर, आफूलाई बलियो र चर्चित बनाउन धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस गराउने लहर नै चलेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबाहेक अन्य शीर्ष नेता धेरै ठाउँबाट सिफारिस भइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन, नवलपरासी, बागलुङबाट सिफारिस भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौ र रौतहटबाट सिफारिस भएका छन् ।

तर, सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस हुनेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । उनको नाम तराईका पाँच जिल्लाबाट सिफारिस भएको छ। धनुषा, सप्तरी, सिरहा, बारा र मोरङका ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको चुनावको पार्टीको तल्लो कमिटीले सिफारिस गरेको छ।

उपेन्द्र यादव मोरङ ५, धनुषा३, बारा २ र ३, सिरहा १ र २ बाट नाम केन्द्रमा पठाइएको छ। जति धेरै जिल्लाबाट सिफारिस भए पनि यसपटक उपेन्द्र यादव निकै असुरक्षित रहेको बताइन्छ । जसपाको संगठन कमजोर हुँदै गएको र मधेस प्रदेश सरकारको बदनामीले उपेन्द्रलाई चुनाव जित्न पनि धौ धौ पर्ने बताइन्छ ।