रक्षा सचिव लम्सालद्धारा दुर्गादल गुल्म दार्चुलाको निरीक्षण

५ बर्ष अघि

२0७५ आश्विन ११ बिहीबार

रक्षा सचिव लम्सालद्धारा दुर्गादल गुल्म दार्चुलाको निरीक्षण


सुलाेचना महता , असाेज  ११ दार्चुला । रक्षा सचिव विष्णु लम्सालले बिहिबार दार्चुलामा रहेकाे नेपाली सेनाकाे  दुर्गा दल गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ  । देशभरी नेपाली सेनाको अवस्था तथा वासस्थानको अवस्थाका बारेमा जानकारी लिन रक्षा सचिव दार्चुला अाइपुगेका हुन् । विहान हेलिकप्टरबाट दार्चुला पुगेका सचिव लम्साल अाजै दिपायल फर्किनु भएकाे  दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति मेजर गणेश रावल बताउनु भयाे ।

निरक्षण भ्रमणमा आएका सचिव विष्णु लम्सालको स्वागत दुर्गा दल गुल्मका गुल्मपति मेजर गणेश रावलले गर्नु भयो ।  निरक्षण भ्रमण गरेर फर्कने क्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य लगायत सुरक्षाकर्मीका प्रतिनिधीहरुले पनि रक्षा सचिव लम्साललाई भेटेका  थिए ।