दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (ख) का लागि एमालेबाट जोशी सर्वसम्मत सिफारिस

२ बर्ष अघि

२0७९ भाद्र २0 सोमबार

दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (ख) का लागि एमालेबाट  जोशी सर्वसम्मत सिफारिस

दार्चुला । नेकपा एमाले दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । एमाले दार्चुलाका संस्थापक एबं पूर्वअध्यक्ष समेत रहनुभएका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस हुनुभएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनभुयो ।  

प्रदेशसभा क्षेत्र नम्बर क का लागि प्रतक्षतर्फ र दुबै प्रदेश सभा क्षेत्रमा समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि छलफल जारी रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ । सोमबार आज एमालेको जिल्ला कमिटी बैठकमा उम्मेदवार सिफारिस लगायत विविध विषयमा छलफल भैरहेको छ । दार्चुला एमालेबाट प्रतिनिधिसभामा प्रतक्षतर्फ गणेशसिंह ठगुन्ना यसअघि नै निर्विरोध सिफारिस भइसक्नुभएको छ ।