दार्चुलामा १७ हजार भन्दा बढि बालबालिकाले पाए फाइजर खोप

२ बर्ष अघि

२0७९ भाद्र २0 सोमबार

दार्चुलामा १७ हजार भन्दा बढि बालबालिकाले पाए फाइजर खोप

दार्चुला । दार्चुला जिल्लामा १७ हजार भन्दा बढि बालबालिकाहरुलाई फाइजर खोप दिइएको छ । यहि भाद्र ६ गते देखि १० गते सम्म संञ्चालन गरिएको उक्त खोप अभियानबाट जिल्लाका झण्डै १७ हजार १ सय ३९ जना बालबालिकाहरुलाई फाइजर खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले दिएको जानकारी अनुसार जिल्लाको व्यासँ गाउँपलिकामा ५ सय ५५जना बालीका तथा ५ सय ४५ जना बालकगरी जम्मा १ हजार १सय जना बालबालिकाहरुलाई कोरोेना विरुद्धको फाइजर खोप दिइएको सुचना अधिकारी कार्कीले बताउनु भयो । 

यस्तै जिल्लाको महाकाली नगरपालिकामा १ हजार ८ सय ४६ जना बालिका तथा १ हजार ८ सय ४८ जना बालक गरी ३ हजार ६ सय ९६ जना बालबालिकाहरु लाई खोप दिइएको छ । यस्तै नौगाड गाउँपालिकामा १हजार १६२ जना बालिका १ हजार ८७ जना बालकगरी २हजार २४९ जना, दुहुँ गाउँपालिकामा ५७३ जना बालिका ५६८ जना बालकगरी १ हजार १४१ जनाबालबालिकाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

 जिल्लाको मार्मा गाउँपालिकामा १ हजार १९८ जना बालिका तथा १हजार १५४ जना बालक गरी २हजार ३५२ जना, मालिकार्जुन गाउँपालिकामा बालिका ८६३ बालक ८३८ जना बालक गरी १हजार ७०१ जनाले खोप पाएका छन । यस्तै लेकम गाउँपालिकामा ६४५ जना बालिका ७२८ जना बालक गरी १हजार ३७३ जना, शैल्यशिखर नगरपालिकामा १हजार ४२३ जना बालिका तथा १ हजार ४८३ जना बालक गरी २ हजार ९०६ जना ,तथा अपि हिमाल गाउँपालिकामा ४३३ जना बालिका तथा ३९० जना बालक गरी जम्मा ९सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो ।
खोप अभियान जिल्लाभरी ४२९ वटा खोप केन्द्रबाट सुरु गरिएको थियो । खोप अभियानका लागि २सय जना खोप कार्यकर्ता र ८ सय स्वयंसेवक परिचालन गरिएका थिए । कोरोना विरुद्धको खोप लगाएकाहरुमा कोरोना संक्रमण भएपनि जटीलता नदेखिएकाले कोरोना विरुद्धको खोप लगाउन छुट भएकाहरुलाई अझै पनि खोप लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिँदै आएका छन् । यो खोप लगाएको २१ दिन पछि दोस्रो मात्रा खोप लगाइने बताइएको छ । हाल सम्म दार्चुला जिल्लामा पुर्ण खोप लगाउनेको संख्या ९७ हजार पुगेको छ । जिल्लामा ९५ हजार जनाले बुष्टरखोप लगाएका छन ।