साइकल यात्री ईश्वरको कर्णाली प्रदेशको यात्रा,, गृह जिल्लाबाट सहयोग नपाएको गुनासो ।।

५ बर्ष अघि

२0७५ आश्विन ११ बिहीबार

साइकल यात्री ईश्वरको कर्णाली प्रदेशको यात्रा,, गृह जिल्लाबाट सहयोग नपाएको गुनासो ।।

 दृष्टिकोण समाचार दार्चुला  जन्मथलोमा गाडी नै नपुगेका ईश्वर महताले साइकल यात्रा ७ नम्बर प्रदेशको यात्रा सकेर कर्णाली प्रदेश पुगाएका छन् । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीमा जन्मेका ईश्वरसिँह महताले गाउँमा गाडी समेत देख्न पाएका थिएन् भने साइकल चढ्न पनि पाएका थिएनन् । पुस्तकहरुमा साइकलको तस्बीर देखेर साइकल यात्रा गर्ने लक्ष्य बोकेका इश्वर महताले जीवनको ३१ वर्ष पार गरेर अहिले साइकल यात्रा गरिरहेका छन् । देशभरीका ७७ ओटै जिल्लाको साइकल यात्रा गर्ने लक्ष्य लिएका महताले दार्चुला लगायत ७ नम्बर प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु चिनाउने उद्देश्यले अहिले साइकल यात्रा गरी रहेका छन् । महताले आफू जन्मेका ठाउँमा न त साइकल देखे न त गाडी नै । १३÷१४ वर्षको उमेरमा भारत पलायन भएका महताले भारतमै साइकल चढ्ने पहिलो अवसर पाएका थिए । सानै उमेरमा भारत पसेका महताले भारतमा साइकल सिकेर पत्रिका बेचेर दैनिकी चलाएका थिए । साइकल सिकेर नेपाल फर्किका महताले गाउँमा भने साइकल चढ्न पाएनन् । किनकी मार्मा गाउँपालिकाको वडा नम्बर ६ शेरीलाई सडक सञ्जालले छोएको समेत छैन । सडक सञ्जाल नपुगेकाले महताले स्वदेशमा फर्किपछि आफ्नो जन्मथलोमा साइकल चढ्न पाएका थिएनन् । लामो समय भारतमा बिताएका ईश्वर महताले अहिले साइकल मात्रै नभई साना सवारी साधन चलाउने लाईसेन्स समेत पाएका छन् । उनी एउटा सवारी चालक समेत हुन् । साना सवारी चालक अनुमति पत्र समेत पाएका महताले अहिले साइकल यात्रा गरिरहेका छन् । दार्चुला र सिंगो ७ नम्बर प्रदेशलाई चिनाउने उद्देश्यले साइकल यात्राबाट नेपाल भ्रमण गर्न लागेका हुन् । गृह जिल्ला दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट साइकल यात्रा सुरुवात गरेका महताले अहिले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमण गरिरहेका छन् । उनले ७ नम्बर प्रदेशको भ्रमण सकेर अहिले कर्णाली प्रदेशको ३ जिल्लाको भ्रमण सेकका छन् । कर्णाली प्रदेशका दैलेख, कालीकोट र जुम्ला जिल्लाको भ्रमण सकेको उहाँले बताउनु भयो । कर्णाली प्रदेशको ३ जिल्ला र ७ नम्बर प्रदेशका ९ ओटा जिल्ला गरी १२ जिल्लाको भ्रमण सकेका महताले जिल्ला बाहिर निकै सहयोग पाएको अनुभव सुनाउनु भयो । गृह जिल्लाको सदरमुका अर्थात् महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षबाट मात्रै सहयोग पाएका उहाँले बताउनु भयो । भाद्र १४ गते जिल्ला सदरमुकाम खलंगाबाट साइकल यात्रा गर्न महाकाली नगरपालिकाको कार्यालयमा जाँदा यात्रा सुरुवात गरेको प्रमाण पत्र समेत नपाएको गुनासो महताले गर्नु भयो । जिल्ला सदरमुकाम खलंगाबाट यात्रा थालनी गर्ने बेला अन्यौल जस्तै बनेको समेत उहाँको भनाई छ । स्थानीय सरकारबाट समेत सहयोग नपाउदाँ आफ्नो साइकल यात्रा गृह जिल्लामा निराशाजनक भएपनि बाहिर जिल्लाहरुमा भने निकै सहयोग र हौसला प्राप्त भएको महताले बताउनु भयो । महताले अन्ततः महाकाली नगरपालिका वडा नम्बर ४ बाट शुभकामना सहितको पत्र लिएर साइकल यात्रा थालेका थिए । गृह जिल्लाबाट यात्रा थालनी गर्दा निराश हुनु पर्ने अवस्था आएपनि बैतडीबाटै सहयोग र सम्मान पाउँदा साइकल यात्रा गर्ने साहस थपिदै गएको बताउनु भयो । ७ नम्बर प्रदेश सरकारबाट पनि सहयोग पाएको उहाँले बताउनु भयो । यस्तै अहिले कर्णाली प्रदेशका जिल्ला भ्रमणमा रहेका बेला थुप्रै संघ संस्थाहरुबाट समेत सहयोग र होसला प्राप्त भएको उहाँको अनुभव छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका स्थित चन्दननाथ नमुना माविले समेत आफूलाई साइकल यात्रा गर्नका लागि ठुलो सहयोग पाएको उहाँले बताउनु भयो । तर जिल्ला बाहिर थुप्रै सहयोग र हौसला पाएपनि गृह जिल्लाबाट सहयोग र हौसला नपाउनु दुःखद् भएको उहाँले गुनासो गर्नु भयो ।