दार्चुला प्रदेशसभा क तर्फ एमालेबाट प्रतक्षमा ६ जना र सामानुपातिकमा १२ जना आकांक्षी

२ बर्ष अघि

२0७९ भाद्र २0 सोमबार

दार्चुला प्रदेशसभा क तर्फ एमालेबाट प्रतक्षमा ६ जना र सामानुपातिकमा १२ जना आकांक्षी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर क बाट प्रतक्षतर्फ ६ जना र सामानुपातिकतर्फ १२ जना प्रमुख आकांक्षी देखिएका छन् । प्रदेशसभा ९क० मा प्रतक्षतर्फ हरदेब जोशी, मोहनसिंह धामी, उदयसिंह वडाल, गेल्बुसिंह बोहरा, राजेन्द्र सामन्त र शेरसिंह धामीगरी छ जनाको नाम चर्चामा छ । दाबी धेरैले गरेपछि सहमतिमै एकल नाम सिफारिस गर्न नसकिएको नेताहरुले बताएका छन् । समानुपातिकमा पनि आकाक्षिं धेरै भएपछि १२ जनाको नाम माथि छलफल भएको छ ।

प्रदेशसभा ९क० समानुपातिकतर्फ चरनसिंह बुथाथोकी, भगतसिंह ऐतवाल, दानीराम पार्की, अर्जुन ओखेडा, मदनराम टमटा, डम्बरराम पार्की, विशनराम लुहार, दुर्गा धामी, गौरी वडाल, हिरादेबी अवस्थी, पुष्पा अवस्थी र मोहनी अवस्थीको नाम चर्चामा छ । प्रदेशसभा ९ख० तर्फ भने सर्वसहमतिको प्रयास भइरहेको छ । प्रदेशसभा ९ख० क्षेत्रमा प्रतक्षतर्फ पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी र वर्तमान अध्यक्ष प्रेमसिंह धामीको पक्षमा कार्यकर्ताबाट आवाजहरु आएका छन, एक नेताले भन्नुभयो, भोलि टुगों लगाउने गरी आजको छलफल सकिएको छ । स्रोतका अनुसार शैल्यशिखर क्षेत्रका कार्यकर्ताबाट रामदत्त जोशीलाई मात्रै एकल उम्मेदवारका रुपमा सिफारिस गर्नुपर्ने माग छ । मार्मा क्षेत्रका केही कार्यकर्ताले भने प्रेमसिंह धामीलाई उम्मेदवार बनाउनुपर्ने माग गरेका छन् ।


आज ९आइतबार० निर्वाचन क्षेत्र नम्बर ९क० र ९ख० को प्रदेशसभा सदस्य पदको उम्मेदवार चयनको लागि बैठक बसेपनि निर्विरोध उम्मेदवार चयन हुन नसकेको नेकपा ९एमाले० दार्चुलाले जनाएको छ ।

नेकपा ९एमाले० दार्चुलाले प्रतिनिधिसभातर्फ भने प्रतक्षमा गणेशसिंह ठगुन्नाको नाम सर्वसहमतिले सिफारिस गरेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिकंरी सिफारिस भएका छन् ।