दार्चुलामा एमालेबाट गणेश ठगुन्ना सर्वसम्मत सिफारिस

२ बर्ष अघि

२0७९ भाद्र १९ आईतवार

दार्चुलामा एमालेबाट गणेश ठगुन्ना सर्वसम्मत सिफारिस

दार्चुला । नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रतक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

२०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलिय गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले हराउदै दार्चुलामा एमालेको विजय हुने नेता ठगुन्नाको दाबी छ । यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिकंरी सिफारिस भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुगों लाग्न नसकेको नेताहरुले बताएका छन् । दार्चुलामा गठबन्धनबाट कांग्रेश र माओबादी दुबैको प्रतिनिधिसभामा दाबी रहेको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य, प्रदेश सहइन्चार्ज ठगुन्नाले भन्नुभयो, प्रतिनिधिसभामा कम्तिमा पाँच हजार र प्रदेशसभातर्फ क र ख दुबै निर्वाचन क्षेत्रमा कम्तिमा दुईदेखि अढाइ हजार मतान्तरले दुबै क्षेत्रमा एमालेको विजय हुन्छ । सत्तास्वार्थका लागि बनेको अपबित्र गठबन्धनले देशको हित र विकास गर्न नसक्ने कुरा जनताले बुझिसकेको भन्दै उहाँले मङ्सिर ४ गते हुने निर्वाचनमा देशभर अधिकासं ठाउँमा एमाले उम्मेदवारको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो ।

दार्चुलाको विकासका लागि एमालेले मात्रै महत्तपूर्ण योगदान पुर्याएको बताउदै उहाँले हिम्मत भए विकासमा प्रतिसपर्धा गर्न विपक्षी दलका नेताहरुलाई चुनौती दिनुभयो । राष्टिय सुरक्षा, विकास, समृद्धि र सामाजिक सुरक्षाका लागि जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको उहाँको भनाई छ ।