देउवा प्रतिगमनका मतियार हुन्, उनको पछि लाग्ने दाहाल र नेपाल कम्युनिष्ट होइनन् महासचिव पोखरेल

२ बर्ष अघि

२0७९ भाद्र १७ शुक्रबार

देउवा प्रतिगमनका मतियार हुन्, उनको पछि लाग्ने दाहाल र नेपाल कम्युनिष्ट होइनन् महासचिव  पोखरेल

दार्चुला । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कम्युनिस्ट नरहेको टिप्पणी गरेका छन् । दार्चुलामा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा महासचिव पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवाको पछि लागेको भन्दै प्रचण्ड र माधव कम्युनिस्ट नरहेको आरोप लगाए ।

‘प्रचण्ड र माधव नेपाल कम्युनिष्ट होइन । भएको भए देउवाको पछि लाग्ने थिएनन् । नेपालको राजनीतिमा संसदीय लोकतन्त्रको बदनाम गर्ने, दरबारलाई बुझाउने र प्रतिगमनका मतियार हुन् देउवा’ उनले भने, ‘तीनको पछि लाग्नु भनेको कम्युनिष्ट आन्दोलनमाथिको घात हो । जनता माथि गद्दारी हो ।’

पोखरेलले शेरबहादुर देउवा जनताको प्रधानमन्त्री नभएको र अदालतको प्रधानमन्त्री रहेको बताए । ‘प्रचण्ड र माधव नेपालले जनताले हराएको शक्तिलाई प्रधानमन्त्री बनाए । जनताको जनादेशविरुद्ध जाँदाको परिणाम मंसिर ४ पछि थाहा हुन्छ’ उनले भने । पछिल्लो पटक प्रधानन्यायाधीशले संसदीय समितिमा दिएको बयानले सबैको भन्डाफोर भइरहेको समेत टिप्पणी गरेका थिए । उनले भने, ‘गठबन्धनको काम उदाङ्गो भएको छ । कांग्रेसले प्रतिनिधिसभा भङ्ग गर्छ अदालतले स्वीकार गर्ने कम्युनिष्टले गर्दा रोक्ने विषयमा पनि प्रष्ट भएको छ ।’