काठमाडौँ – सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।
‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको ९गहुँ, मास, गहत, गोरस र कलउँ० समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न तथा गेडागुडी गहत, केराउ, गुरास, मास तथा गहुँ विधिपूर्वक भिजाउने काम गरिन्छ। आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ।
पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यताअनुसार गौरापर्व मनाइँदै आएको पाइन्छ। भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहदै आएको छ।
आधिकारीक रुपमा गौरा पर्वको सुरुवात आजबाट अर्थात पञ्चमीबाट हुने भएपनि सुदूरपश्चीममा एक मिहना अगाडीदेखि नै गौराको रौनक सुरु भइसक्छ । एक महिना अगाडीदेखि ठाडो खेल, डेउडा खेल खेल्ने गरिन्छ ।
विरुडा पञ्चमीमा विरुडा भिजाएर गौराको बिधिवत् शुरुवात गरिन्छ। यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ। सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ ९धानजस्तै देखिने घाँस०बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ। यसवर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले प्रतिमा भित्र्याउने काम बुधबार हुनेछ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ।