एमाले महासचिव पोखरेल भोलि दार्चुला आउँदै

२ बर्ष अघि

२0७९ भाद्र १६ बिहीबार

एमाले महासचिव पोखरेल भोलि दार्चुला आउँदै

दार्चुला । नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि दार्चुला आउने भएका छन । कार्यकर्ता प्रशिक्षणका लागि महासचिव पोखरेल भोलि दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाका प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिनभयो ।  

पोखरेलले दार्चुलाको सदरमुकाममा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर कार्यकर्ता प्रशिक्षण गर्न लागिएको एमाले दार्चुलाले जनाएको छ । 

निर्वाचनको तयारी स्वरुप प्रशिक्षण हुने र प्रशिक्षणमा जिल्लाभरीका नेता कार्यकर्ताहरुको सहभागिता रहने प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडाले बताउनु भयो । दार्चुला जिल्लाका एमालेका नेता कार्यकर्ता भातृ संघसंठन तथा  जनवर्गिय र पेसागत संगठनका पदाधिकारी सहितको सहभागीतमा रहेका उक्त जिल्ला भेलामा महासचिव शंकर पोखरेल संगै नेकपा एमाले पोलिट ब्युरो सदस्य एंव सुदुरपश्चिम प्रदेशका सह–इन्चार्ज गणेश सिह ठगुन्ना लगायतका नेताहरुले सम्बोधन गर्ने  नेकपा एमाले दार्चुलाले जनाएको छ ।