७४ वर्षका नेपाली नागरिकले अझै पाउन सकेनन् नेपाली नागरिता

५ बर्ष अघि

२0७५ आश्विन १0 बुधबार

७४ वर्षका नेपाली नागरिकले अझै पाउन सकेनन् नेपाली नागरिता

दृष्टिकोण समाचार असोज १० । शैल्यशिखर नगरपालिका वडा नं. ३ तथा साविकको देथला गाविस राताकाठा घर भएका ७४ वर्ष पुगेका  काशी सिंह धामीले नेपाली नागरिता पाउन सकेका छैनन् । वि. सं. २००१ साल २ महिना १२ गते पिता प्रताप धामी र माता कृपा धामीका ५ वटा सन्तान मध्ये काशी पनि एक हुन् । ५५ वर्ष जति भारत बसेका धामीकाे परिवारमा हाल  कोही पनि छैनन् । काशी जेठ महिनामा भारतबाट नेपाल आएका थिए । हाल नेपालमा आएर नेपाली नागरिता बनाउने विचार रहेकोमा नेपाली नागरिताको लागि वडाको सिफारिस ल्याउने क्रममा वडा अध्यक्ष तथा वडा सचिवबाट ३ जना मृत्यु भएका मानिसहरु संगै काशीको पनि मृत्यु भएको कागजमा लेखिएकोमा सच्याएपछि पनि नागरिता नबनेको काशीका काका धर्मानन्द धामीले बताउनु भयाे । आफनो परिचय खुलाउनको लागि नेपाली नागरिता बनाउन चाहेको काशी धामीले बताउनु भएकाे छ । कागजपत्र नपुगेकाले नागरिता नबनेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनु भएको छ । वडा अध्यक्षलाई खबर गरेको र कागजपत्र पुगेपछि नागरिता बन्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भएको छ ।तिन जनाकाे  मृत्यु दर्ता गर्ने क्रममा प्रिन्ट मिस्टेक भएकाे  तथा काशीकाे नागिरता बनाउनकाे लागि कार्य व्यवस्ता नरहेमा जिल्ला प्रशासनमा अाएर नागरिताकाे लागि अावश्यक कागजपत्र तथा सिफारिस गर्ने  शैल्यशिखर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गाेकर्ण बहादुर चन्द्रले जानकारी  दिनुभएकाे छ ।