द्वन्द्वकालमा गम्भीर अपराध गर्नेलाई पनि आममाफी दिने कम्युनिस्ट एजेण्डामा चीनको समर्थन

२ बर्ष अघि

२0७९ भाद्र १६ बिहीबार

द्वन्द्वकालमा गम्भीर अपराध गर्नेलाई पनि आममाफी दिने कम्युनिस्ट एजेण्डामा चीनको समर्थन

काठमाडौँ। सरकारले १० वर्षीय माओवादी द्वन्द्वकालमा भएका हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने उद्देश्यले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ।

तर, नेपालका कम्युनिस्ट पार्टीहरूले भने गम्भीर अपराध गर्नेहरूलाई पनि आममाफी दिनुपर्ने कुरामा अडान राखिरहेका छन्। माओवादी केन्द्र र नेकपा एमालेले यस विषयमा लबिङ गरिरहेका छन्। केही माओवादी नेताहरू अहिले नेकपा एमालेमा पनि भएकोले एमाले पनि अहिले आममाफीका पक्षमा उभिएको छ।

यही विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेकपा एमाले अध्यक्ष ओलीले यस विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले गम्भीर अपराध गर्नेहरूलाई आममाफी दिन नसक्ने बताएका थिए। तर, माओवादी केन्द्र, नेकपा एमाले, बाबुराम भट्टराईलगायतका नेताहरू पनि आममाफीको पक्षमा लबिङ गरिरहेका छन्।

यही सन्दर्भमा विभिन्न अन्तर्राष्ट्रिय समुदायहरूले पनि चासो व्यक्त गरेका छन्। बुधवार देउवालाई भेटेर ओलीले दबाब दिएपछि विभिन्न चार मुलुकका राजदूतले ओलीसँग भेट गरेका हुन्।