आगामी ३ दिनसम्म कोसी, कर्णाली, महाकाली लगायतका नदीमा पानीको बहाव बढ्ने

२ बर्ष अघि

२0७९ भाद्र १६ बिहीबार

आगामी ३ दिनसम्म कोसी, कर्णाली, महाकाली लगायतका नदीमा पानीको बहाव बढ्ने

काठमाण्डौ । आगामी तीन दिनसम्म महाकाली , कोसी, कर्णाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र यसका सहायक नदीमा पानीको बहाव बढ्ने अनुमान छ ।

यी नदीमा पानीको सतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहे पनि बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज नारायणी र यसका सहायक नदीहरु तिनाउ, पूर्वी राप्ती, बबईलगायतमा पानीको बहाव उल्लेख्य बढी जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यसैगरी आज अन्य साना नदी तथा खोलामा पनि बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।