दार्चुलाका ४८ हजार पशुपन्छीलाई खोप लगाइयो

२ बर्ष अघि

२0७९ भाद्र १५ बुधबार

दार्चुलाका ४८ हजार पशुपन्छीलाई खोप लगाइयो

दार्चुला । दार्चुलामा एक वर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई खोप दिइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले एक वर्षको अवधिमा ४८ हजार पशुलाई खोरेत र पन्छीमा रानीखेत संक्रमण रोक्न खोप लगाएको हो।

जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका बस्तीहरूमा गएर पशु र पन्छीहरूलाई विभिन्न किसिमको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्थानीय तहमा खोरेत रोगको संक्रमण देखा पर्दै आएको छ ।


स्थानीय तहमा खोरेत रोग बाख्रामा पीपीआर तथा कुखुरामा रानीखेत नामक खोप लगाएको छ। पूर्ण खोप कार्यक्रमले पशुपन्छीमा रोग संक्रमण कम हुने कृषकहरूको विश्वास छ। खोरेत र अन्य अज्ञात रोगकै कारण बर्षेनी कृषकहरुले पशुपन्छीको क्षति व्यहोर्दै आएका छन् ।