कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुनसक्छ ः प्रचण्ड

२ बर्ष अघि

२0७९ भाद्र १४ मंगलवार

कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुनसक्छ ः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।


पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै दाहालले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा कांग्रेसले निहुँ खोजे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् । कांग्रेसले सिट बाँडफाँटमा अन्याय गर्न खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने दाहालको भनाई छ ।


दाहालले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारेका छन् । बैठकमा दाहालले भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।