धौलीगंगा बाँधका ढाेका खोलिदै सर्तक रहन प्रशासनको आग्रह हेर्नुहोस सुचना सहित

२ बर्ष अघि

२0७९ भाद्र १४ मंगलवार

धौलीगंगा बाँधका ढाेका खोलिदै सर्तक रहन प्रशासनको आग्रह हेर्नुहोस सुचना सहित

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएको हुदाँ भोली भाद्र १५ गते विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्ने जानकारी दिएको हो ।

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्ययले जानकारी दिनुभयो । 
दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको ३ लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए । बाँध खोलेपश्चात्त महाकाली नदीमा पानीको सतह घटबढ हुँदा तटीय क्षेत्रमा जोखिम बढने गरेको छ ।