गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

५ बर्ष अघि

२0७५ आश्विन १0 बुधबार

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

 

दृष्टिकोण समाचार असोज १० काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताएका छन् ।संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताए । पन्तका कपडाहरु जलाएको पाइएको भन्दै उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको अनलाइनखबरलाई बताए । ‘दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाउन लगाएको थियो । मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।’शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।छानविन समितिले प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ उनले भने, छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’

प्रहरीको इमान्दारितामा प्रश्न नगरौं

गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा प्रश्न नगर्न आग्रह गरेका छन् । बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ परेको भन्दै उनले भने, सरकार र प्रहरीको इमान्दारितामा शंका गर्ने ठाउँ छैन । प्रहरी प्रशासनमाथि अन्याय हुन्छ । परिणाम नआएकाले क्षमतामा शंका गर्ने ठाउँ भने छ