निर्वाचन आयोगले आइतबार देखि मतदाता नामावली अद्यावधिक गर्ने

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

निर्वाचन आयोगले आइतबार देखि मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यदी आज देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा नाम सच्याउनका लागि भदौ १३ देखि १६ गतेसम्मको समय तोकिएको छ । यस्तै मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन पनि १३ देखि १६ गतेभित्र निवेदन दिइसक्नु पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।