आज भारत र पाकिस्तान भिड्दै

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एशिया कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भारत र पाकिस्तानबीच स्पर्धा हुँदैछ। एशिया कप क्रिकेटमा यी दुई राष्ट्रबीचको दोस्रो खेल दुबईमा नेपाली समयअनुसार राति आठ बजेदेखि सुरु हुनेछ।


भारतले पछिल्लो आफ्नो पाँच टी ट्वान्टी खेलमध्ये चारमा जित र एउटा हार बेहोरेको छ। उसले लगातार तीन खेल जितेको छ। पाकिस्तानले पाँच खेलमध्ये चारमा जित र एउटामा हार बेहोरेको हो। एशिया कप क्रिकेटमा समग्रमा भारत र पाकिस्तान एक अर्का विरुद्ध आठ खेल खेलेका छन्। भारतले पाँच वटामा जित हात पारेको छ। पाकिस्तानले तीन खेल जितेको छ।