नेकपा एमाले अध्यक्ष ओली कञ्चनपु आउँदै

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

नेकपा एमाले अध्यक्ष ओली कञ्चनपु आउँदै

कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन्। नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदैं १५ गते कञ्चनपुर आउन लागेका हुन्। 


ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन्।