थारु समुदायमा अटवारी पर्व, कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

थारु समुदायमा अटवारी पर्व, कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

कैलाली –कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो । 

आज कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहनेछ । यसअघि प्रदेश सरकारले भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर तिथिअनुसार अटवारी पर्व भदौ १२ गते नै पर्ने भएकाले थारु कल्याणकारिणी सभाको मागपछि सो मिति संशोधन गरी आज बिदा दिने दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माइला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताइन्छ । अर्कोथरी मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।

अटवारी पर्वका बेला थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्दछन् ।